
नारी बाटिका
बिबियु नारी वाटिका संवाददाता
धादिङ ३ जेठ ।
‘हाइपर टेन्सन के हो?
उच्च रक्तचापलाई हाइपर टेन्सन पनि भनिन्छ । सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले मानिसलाई हाइपर टेन्सिभ बनाउँदै छ । हामी सबै सतर्क रहन जरुरी छ ।
आज विश्व उच्च रक्तचाप दिवस रहेको छ । विश्व उच्च रक्तचाप दिवस आज (आइतबार) विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मे १७ तारिखका दिन विश्व उच्च रक्तचाप दिवस मनाइन्छ । यो दिवस सन् २००५ बाट मनाउन थालिएको हो ।
बदलिँदो र व्यस्त जीवनशैली,प्याकेटका तथा बजारका रेडिमेड खानेकुरा,प्रशोधित पदार्थ, नचाहिँदो कुरामा सोचेर बस्नु,आफ्नो कमजोरी अथवा अभावलाई अरुको उन्नति प्रगतिसंग तुलना गरेर मनलाई अस्तवेस्त पार्नु,सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले मानिसलाई हाइपर टेन्सिभ अर्थात् उच्च रक्तचापका बिरामीको संख्या वृद्धि भइरहेको चिकित्सकको भनाइ छ ।
उच्च रक्तचापलाई रोकथाम गर्न सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम गराउँछ ।
यस्तै आफु र आफ्ना परिवारकाबिच सुख दुख साटासाट गर्ने,आफुले जे गर्न सकिन्छ त्यस मै खुशी रहने तथा मनलाई खुशी राख्ने,परिवार,साथीभाई,र आफ्नो कामलाई महत्व दिएर आफुलाई खुशी राख्न संधै सकारात्मक सोच्ने,सन्तुलित भोजन गर्ने आदी गर्नाले उच्च रक्तचापबाट बच्न सकिने चिकित्सक बताउँछन् ।








प्रतिक्रिया दिनुहोस