
नारी बाटिका
बाजुरा -६ जेठ ।
बाजुरा र हुम्लाको सीमाना क्षेत्रमा पर्ने बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा सीमा विवाद चर्किँदै गएपछी झडप हुंदा प्रहरीसहित पाँच जना घाईते भएका छन् । ।सोही सीमाना क्षेत्रमा निर्माण हुंदै गरेको प्रहरी चौकीको विषयलाई लिएर स्थानीयबिच विवाद चुलिएको हो ।
मंगलबार हुम्लाको खार्पुनाथ गाउँपालिका–२, थालीका स्थानीयले सीमा विवाद उठाउँदै विरोध गरेपछि छिमेकी पालिका बाजुराका स्थानीय बासीन्दासँग उनीहरूको विवाद चुलिँदै गएपछी दोहोरो भिडन्त भएको हो । केही समयदेखि उनीहरुकाबिचमा सोही सीमाको विषयलाई लिएर विवाद भइैरहेको थियो । सोही विवादले मंगलबार उग्र रुप लियो ।
झडपका क्रममा प्रहरीसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा हिमाली गाउँपालिका–३ का वडासदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, मिनु कुँवर, बिच्छिया प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र गाउँपालिकाका कार्यकारी प्रमुख कुलबहादुर थापा रहेका छन् ।
दोहोरो भिडन्त भई भएको झडपमा घाईते भएकाहरुको ढाड, घाँटी, छाती र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । साथै हिमाली गाउँपालिका अध्यक्षसहित ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ भन्ने अभियानका टोली शैपाल हिमालको बेस क्याम्पतर्फ पुगेपछी झन् विवाद चर्किएको जनाइएको छ ।
उक्त अभियानका टोलीमा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वमा घटनास्थल पुगेका थिए । त्यसपछी घटनाले झन् उग्र रुप लिएको हो ।
उक्त घटनाको टोलीले ड्रोनमार्फत दृश्य खिच्न खोज्दा थाली गाउँका स्थानीय आक्रोशित बनेपछि विवाद बढेको थियो । घटनापछि सञ्चार सम्पर्क अवरुद्ध भएको र त्यसपछीको मेयर हमाल टोलीको अवस्था पनि स्पष्ट हुन नसकेको बताइएको छ
सुदूरपश्चिम प्रदेश सरकारले लाम्पाटामा प्रहरी चौकी निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । तर, थालीका स्थानीयले उक्त क्षेत्र आफूहरूको परम्परागत भोग चलनमा रहेको भन्दै चौकी निर्माणको विरोध गर्दै आएका छन् ।








प्रतिक्रिया दिनुहोस