आज: २०८३ जेष्ठ ७, बिहिबार | Thu, 21, May, 2026

देशका यी क्षेत्रमा आज वर्षा र चट्याङको सम्भावना

२०८३ जेष्ठ ७, बिहिबार मा प्रकाशित ( ३ घण्टा अघि) ११७९ पटक पढिएको
नारी बाटिका


बिबियु नारी वाटिका संवाददाता

धादिङ ७ जेठ ।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही प्रभाले अहिले देशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

महाशाखाको अनुसार आज दिउँसो र राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। यस्तै मधेस, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।

साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने तातो हावाका कारण गर्मी हुने अनुमान गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस