आज: २०८३ जेष्ठ ९, शनिबार | Sat, 23, May, 2026

यार्सागुम्बा टिपेर फर्किने क्रममा गोरखामा एक युवकको भीरबाट लडेर मृत्यु

२०८३ जेष्ठ ९, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) ७७६ पटक पढिएको
नारी बाटिका


गोरखा ९ जेठ ।

गोरखामा यार्सागुम्बा टिपेर घर फर्किँदै गरेका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ। गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको शनिबार भिरबाट लडेर मृत्यु भएको हो ।

केही दिनअघि बुद्ध हिमाल क्षेत्रमा प्रकाश र उनका भाइ यार्सागुम्बा संकलन गर्न गएका थिए। फर्किने क्रममा आजै सम्पर्क विहीन भएपछि आफन्तले उनको खोजी गर्ने क्रममा ग्यासियर नजिकै भीरबाट लडेको अवस्थामा उनको शव फेला परेको बताईएको छ ।

उच्च हिमाली क्षेत्रको कठिन भूगोल, प्रतिकूल मौसम त्यसमाथी पनि असुरक्षित बाटो हुंदै यार्सागुम्बा संकलन गर्न जानेहरु हरेक वर्ष दुर्घटनामा पर्ने जोखिम रहेको छ। भौगालिक हिसाबले पनि जोखिम क्षेत्रमा यसरी प्रत्येक वर्ष यार्सागुम्बा टिप्न जानेहरुले जोखिम व्यवस्थापनमा ध्यान पुर्याउन आवश्यकता रहेको देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस