आज: २०८३ जेष्ठ १०, आईतबार | Sun, 24, May, 2026

आजपनि देशभर वर्षा हुने,कोशी–मधेसमा हावाहुरीको सम्भावना

२०८३ जेष्ठ १०, आईतबार मा प्रकाशित ( २ घण्टा अघि) ९९३ पटक पढिएको
नारी बाटिका


बिबियु -नारी वाटिका संवाददाता

धादिङ -१० जेठ ।

नेपालमा मनसुनको समय सुरु हुनुअघि नै वर्षा हुन थालेको अवस्था छ । हाल पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू-भाग नजिकको न्यून चापीय क्षेत्रको प्रभावले देशभर सामान्यदेखि आंशिक बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भु-भागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेससहित केही तराईका भु भागमा मने हावाहुरी चल्न सक्ने अनुमान गरिएको महाशाखाले जनाएको छ।

साथै लुम्बिनी र सुदूरपश्चिमका पहाडी भूभागमा तातो दिन तथा तराई क्षेत्रमा लु चल्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले सुझाब दिएको छ। विशेष प्रभाब रहने सम्भावना देखिएको कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ जिल्लामा विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस