
बिबियु- नारी बाटिका संवाददाता
धादिड -१० जेठ ।
आईतबार निलकण्ठ नगरपालिका सान्तबजारमा एक ६ वर्षीय बालिकालाई करेन्ट लागेर गम्भीर घाईते हुंदा हेलिकॉप्टर मार्फत काठमांडू उपचारको लागी लगिएको थियो ।
धादिडवेसी सान्तबजारका सुजन श्रेष्ठकी ६ वर्षीया छोरीको आज दिउंसो करेन्ट लागेर भएको आकस्मिक र दुखद निधनले अहिले धादिडका अभिभावकहरु स्तब्ध भएका छन् ।
घटना पश्चात् बचाउन गरिएका हरतरहका प्रयासहरू अन्ततः विफल हुंदा बालिकाको मृत्यु भएको हो । उक्त घटनाले परिवार तथा आफन्तहरुमा निकै मर्माहत बनेका हुन् ।
घरको बार्दली नजिकै रहेको उच्च भोल्टेजको बजुलीको तार सरकार र सम्बन्धित निकायले समयमै व्यवस्थापन नगर्दा आज ति कलिली बालिकाले ज्यान गुमाउन परेको छ ।












प्रतिक्रिया दिनुहोस