
बिबियु -नारी वाटिका संवाददाता
धादिङ -११ जेठ ।
नेपाली कांग्रेस पार्टीको भ्रातृ संस्था तरुण दलको केन्द्रीयअध्यक्षमा मनिष कोइरालालाई नियुक्त भएका छन्।
गत वैशाख २१ मा सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय अनुसार पार्टी सभापति गगन कुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम कोइरालालाई नियुक्ति गर्नु भएको हो।
काँग्रेसको विधान अनुसार म्याद समाप्त भई स्वतः विघटन भएको भात्री संस्था तरुण दलको अध्यक्ष पदमा कोइरालालाई नियुक्त गरिएको जानकारी दिएको छ।
निर्धारित समयभित्र तरुण दलको जिल्लादेखी केन्द्रसम्मको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित ९ बुँदे कार्यविवरण प्रदान गरिएको नेपाली कांग्रेसले जारी गरेको प्रेस विज्ञप्ति मार्फत बताइएको छ ,












प्रतिक्रिया दिनुहोस