आज: २०८३ जेष्ठ ११, सोमबार | Mon, 25, May, 2026

हिमाल र पहाडी क्षेत्रमा मध्यम वर्षा तथा तराईमा तातो हावाका कारण गर्मी

२०८३ जेष्ठ ११, सोमबार मा प्रकाशित ( १ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


बिबियु- नारी वाटिका संवाददाता

धादिङ -११ जेठ ।

हाल नेपालमा पश्चिमी तथा स्थानीय वायू र नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार अहिले कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको अवस्था छ

अहिले मधेश प्रदेश तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भेगमा आंशिक बादल तथा बाँकी तराई भेगमा मुख्यतया मौसम सफा छ। कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित मध्यम वर्षा तथा बागमती प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा भैरहेको महाशाखाले छ।

यस्तै आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने तथा मधेश प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ । तराई क्षेत्रमा भने मौसम सफा रहेपनि गर्मी भने अत्याधिक छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान, मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भेग एक–दुइ स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

तर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा भने तातो लहर चल्ने भएकोले गर्मी बड्ने सम्भावना रहेको छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भूेगमा साधारणतया बादल लाग्ने र बाँकी प्रदेशको पहाडी भेगमा आंशिक बादल लाग्नेछ ।

साथै आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भेगका थोरै स्थानहरूमा मेघगर्जन,चट्याङ्गसहितको मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस