आज: २०८३ जेष्ठ ११, सोमबार | Mon, 25, May, 2026

देशभरका ७५३ पालिकामध्ये फेरी निलकण्ठ सर्वोत्कृष्ट बन्न सफल

२०८३ जेष्ठ ११, सोमबार मा प्रकाशित ( २ घण्टा अघि) ७७६ पटक पढिएको
नारी बाटिका


बिबियु -नारी वाटिका संवाददाता
धादिङ -११ जेठ ।

संघिय सरकारको स्थानिय तह कार्य सम्पादन मुल्याङ्कन प्रणालीुमा यस पटक पनि धादिङ जिल्लाको निलकण्ठ नगरपालिका सर्वोत्कृष्ट बन्न सफल भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको ‘स्थानीय तहको संस्थागत क्षमता विकास अवस्था विश्लेषण मुल्याङनमा देशभरका ७५३ पालिकाहरुमध्य धादिङको निलकण्ठ नगरपालिका सर्वोत्कृष्ट बन्न सफल भएको हो ।

मन्त्रालयले नेपालका स्थानीय सरकारहरूको संस्थागत क्षमता र वित्तीय सुशासनको एकीकृत मूल्याङ्कन गरी प्रतिवेदन सार्वजनिक गरेको हो।

जसमध्य धादिङको नीलकण्ठ नगरपालिकाले ९४.४० अंक प्राप्त गरी देशभरबाट उत्कृष्ट स्थान हासिल गर्दा मधेस प्रदेशको सोनमा गाउँपालिका १३.५५ अंकसहित सबैभन्दा कमजोर देखिएको छ ।

सरकारको प्रतिवेदनले स्थानीय तहहरू समन्वय, वित्तीय व्यवस्थापन, र न्यायिक कार्यसम्पादनमा कमजोर रहेको टिप्पणी गर्दै कार्यसम्पादनका आधारमा अनुदान र सहयोग दिनुपर्ने पनि निष्कर्ष निकालेको छ । विगतका वर्षको तुलनामा यो प्रतिवेदन केही विशेष र फरक मानिएको छ ।

यसअघि स्थानीय तहको कार्यसम्पादन मापन गर्न ‘स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन’ र ‘स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन’ छुट्टाछुट्टै गर्ने गरिन्थ्यो । तर यस पटक भने मन्त्रालयले दुवै विधालाई समायोजन गरी ‘स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन प्रणाली’ मार्फत एकीकृत नतिजा निकालेको बताइएको छ ।

यस वर्षदेखी सुरु गरिएको यो एकीकृत प्रणालीले स्थानीय तहको शासकीय प्रबन्ध, वित्तीय अनुशासन र सेवा प्रवाहको समग्र स्वास्थ्य परीक्षण गरेको हुन्छ ।

कुल १०० अंकलाई आधार मानेर लिइएको यस परीक्षामा संस्थागत क्षमतालाई ७० प्रतिशत र वित्तीय सुशासनलाई ३० प्रतिशतको महत्त्वको साथ नतिजा निकालिएको हो ।

नेपालमा संघीयता लागु भएको सात वर्ष पुरा भैसकेको छ । एकातिर सफलता देखाएको छ भने अर्कोतिर शासकीय सुधारमा कुनै प्रतिफल हात परेको अवस्था छैन ।

गाउँगाउँमा सिंहदरबार’ पुर्‍याउने र राज्यको स्रोत–साधनमा आम नागरिकको पहुँच स्थापित गर्ने संवैधानले परिकल्पना गरेपनि हालसम्म ति कुराहरु कागजमा मात्रै समित देखिन्छ ।

७५३ वटा स्थानीय तहका सरकारहरू क्रियाशील देखिन्छन् । तर संस्थागत रूपमा कति बलिया भए र वित्तीय सुशासनको कस्तो मानक स्थापित गरे भन्ने विषयमा पहिलो पटक एकीकृत मूल्याङ्कन प्रतिवेदन आएको हो ।

साथै सरकारले हालै सार्वजनिक गरेको उक्त कार्य सम्पादन मुल्याङ प्रतिवेदनले देशका धेरै स्थानीय सरकारको कार्यमा बेथितिको डरलाग्दो स्वरुप देखाएक छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस