आज: २०८३ जेष्ठ १२, मंगलबार | Tue, 26, May, 2026

मौसम : पहाडका केही स्थानमा वर्षासहित हिमपातको सम्भावना,तराईमा तातो हावा

२०८३ जेष्ठ १२, मंगलबार मा प्रकाशित ( २ घण्टा अघि) ९९३ पटक पढिएको
नारी बाटिका


बिबियु नारी वाटिका संवाददाता

धादिङ -१२ जेठ ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ । सोही कारण उपत्यकालगायत देशका केही क्षेत्रमा वर्षा भएको छ ।

आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही स्थानहरू मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानहरूमा मेघगर्जन(चट्याङ्गसहित मध्यम वर्षा,हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तातो दिन हुने महाशाखाले जनाएको छ। साथै मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ ।

साथै आज कोशी र मधेश प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको छ भने लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भाग, सुदुरपश्चिम प्रदेशको हिमाली भागको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस