आज: २०८३ जेष्ठ १२, मंगलबार | Tue, 26, May, 2026

सुर्खेत जाँदै गरेको यात्रुवाहक बस दुर्घटना, ३८ जना घाइते

२०८३ जेष्ठ १२, मंगलबार मा प्रकाशित ( २ घण्टा अघि) ९३१ पटक पढिएको
नारी बाटिका


बिबियु नारी वाटिका
धादिङ – १२ जेठ ।

काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुंदा ३८ जना घाईते भएका छन् । कपिलवस्तुको बरइपुरमा कर्णाली प्रदेश ०२.००१.ख १२६६ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परी ३८ जना घाइते भएका हुन् ।

महाराजगंज नगरपालिका.४ बरइपुरस्थित तौलिहवा(बहादुरगंज हुलाकी सडकखण्डमा मंगलबार बिहान काठमाडौंबाट सुर्खेत तर्फ जाँदै गरेको बस आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको हो।

घाइते भएकाहरु मध्ये २ जनाको अवस्था गम्भीर छ भने १९ जनाको अवस्था मध्यम र १७ जना सामान्य रहेको बताईएको छ । अन्य सकुशल अहिले घाइतेहरुलाई विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस