आज: २०८३ जेष्ठ १३, बुधबार | Wed, 27, May, 2026

गजुरी र बेनिघाटरोराङ गाउँपालिकामा हैजाका शङ्कास्पद बिरामी भेटिए

२०८३ जेष्ठ १३, बुधबार मा प्रकाशित ( २ घण्टा अघि) ९९३ पटक पढिएको
नारी बाटिका


पानी परिक्षण गरिने स्वास्य कार्यलय धादिङको भनाई

बिबियु-नारी वाटिका संवाददाता
धादिङ -१३ जेठ ।

धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका र गजुरी गाउँ पालिकामा हैजाका शङ्कास्पद बिरामी भेटिएको छ । गजुरी गाउँपालिका ५ ओडारेस्थितमा हैजाको लक्षण देखिएका एकजना शङ्कास्पद बिरामी भेटिएका हुन् ।

बिरामीमा हैजाको लक्षण पाइएपछी स्वास्थ्यकर्मीले थप पुष्टीका लागी बिरामीलाई काठमाडौँ पठाइएको छ । तर गाउँका अन्य व्यक्तीहरु स्वास्थ्य सस्थामा चेकजाँच गर्न नआएकोले थप बिरामी भेटिएको छैन । यद्यपि वर्षा र गर्मीको समय भएकोले विशेषगरी पानी उमालेर वा सुद्धिकरण गरेर मात्र पिउने घर आँगन लगायत सफा राख्ने,राम्रो संग हात धुने लगायतका कार्यमा ध्यान जरुरी छ ।

साथै गजुरी गाउँपालिकाको वडा नं. ३ मा पनि झाडापखालाका विरामीहरु एकहप्तामा तीनजना स्वास्थ्य संस्थामा आएको जनाईएको छ ।

त्यस्तै बेनिघाटरोराङ गाउँपालिकाको वडा नम्बर ८ बोमराङमा पनि तिनजन हैजा जस्तै लक्षणका बिरामी उपचार उपचारत रहेको बताईएको छ ।

गर्मी बढेसंगै वर्षायामको पानीलगायतका दुषित खानापान आदीको कारण कडा झाडापखालाका बिरामी भेटिएकोले उनीहरुलाई थप उपचारका लागि काठमाडौँ तर्फ पठाईएको हो ।

बेनिघाटरोराङ गाउँपालिका स्वास्थ्य शाखाका अनुसार घरधुरी सर्वेक्षण गर्दा हालसम्म अन्य बिरामी भेटिएको छैन तर २ जना शङ्कास्पद हैजाको बिरामी भेटिएको जनाइएको छ ।

हैजाँको बिरामी परीक्षणबाट पुष्टि भएकोले गजुरी गाउँपालिकामा बुधवार खानेपानी परीक्षण गरिने जनस्वास्थ्य कार्यालय धादिङका सूचनाअधिकारी तोया छत्कुलीले बताउनु भयो ।

जनस्वास्थ्य कार्यालयले पानी शुद्धीकरण गरेर वा उमालेर पिउन सम्पूर्ण नागरिकहरू समक्ष आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस