
नारी बाटिका
रुपन्देही -१३ जेठ ।
रुपन्देहीको भैरहवामा मंगलबार तिन विद्यार्थीको मृत्यु भएको छ ।
तिन जनामध्य दुई विद्यार्थीको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो भने एकजनाको रंगशालाभित्र रोलरले च्यापिएर नाबालकको मृत्यु भएको हो।
मृतकमध्ये एक जना १४ महिने बालक र दुई जना कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले ज्यान गुमाएका हुन्।
मंगलबार उनीहरु मायादेवी गाउँपालिका–८ स्थित घाघरा खोलाको ड्याममा पौडी खेल्न गएका र सोही क्रममा डुबेर दुई विद्यार्थीको ज्यान गएको हो।
मृतक बालकहरु मायादेवी गाउँपालिका–६ खजुरिया घर भई हाल सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी बस्ने १३ वर्षीय प्रिन्स चौधरी र सम्मरीमाई गाउँपालिका–६ असुरैना घर भई हाल सिद्धार्थनगर–४ सुगरमिलमा डेरा गरी बस्ने १६ वर्षीय सुरज गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
गुप्ता भैरहवास्थित साई ग्लोबल माध्यमिक विद्यालयमा कक्षा ८ मा र चौधरी लिलाराम माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी थिए।
यस्तै सिद्धार्थनगर नगरपालिकास्थित सिद्धार्थ रंगशालाभित्र मिनी रोलरले च्यापिँदा १४ महिने आयुष बुढाको मृत्यु भएको हो।
जुम्लाको पातारासी गाउँपालिका–७ घर भई हाल रुपन्देहीमा बस्ने नमु बुढाका छोरा आयुष सोमबार साँझ रंगशालाभित्र दुर्घटनामा परी मृत्यु भएको हो ।
सोही रंगशालामा मजदुरी गर्ने नमु बुढाका ४ वर्षीय छोरा आशिष बुढाले खेल्ने क्रममा रोलरको ह्यान्डिल चलाउँदा चापी खुला अवस्थामा रहेको मिनी रोलर अचानक गुडेर च्यापिएका थिए ।
बालकको मृत्यु पछी रोलरको लापरबाहीपूर्ण रूपमा खुला छाडेको आरोपमा रोलर चालक सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका ६५ वर्षीय जंगबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।








प्रतिक्रिया दिनुहोस