आज: २०८३ जेष्ठ १३, बुधबार | Wed, 27, May, 2026

आयोगद्वारा सुशीला कार्कीसहित अर्याल र गुरुङमाथि छानबिनको सिफारिस

२०८३ जेष्ठ १३, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) ७७६ पटक पढिएको
नारी बाटिका


बिबियु

धादिङ -१३ जेठ।

राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेनजी’आन्दोलन प्रतिवेदन सार्वजनिक गर्दै पुर्व उच्च तहका पदाधिकारीहरूमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।

आज आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, पूर्वन्यायाधीश गौरीबहादुर कार्की तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङ लगायतलाई आन्दोलनमा दुरुत्साहन गरेको हो वा होइन भन्ने विषयमा छानबिन गर्नु पर्ने उल्लेख गरेको हो।

गत भदौ २३ र २४ गते हालसम्म नेपालको ईतिहाँस मै नभएको देशको अरबौंको सार्वजनिक सम्पत्तिको नष्ठ हुनेगरी उत्तेजित तथा अकल्पनीय घटनामा भएको मानवीय तथा भौतिक क्षतिमा कुनै संलग्नता रहेको वा उनीहरूको अभिव्यक्तिले प्रदर्शनकारीलाई थप उत्तेजित बनाएको भन्ने सम्वन्धमा निष्पक्ष अनुसन्धान गर्न आयोगले आग्रह गरेको छ।

साथै यदी उनीहरु दोषी ठहरिएमा कानुन बमोजिम कारबाही गर्नसमेत आयोगले सरकारलाई सिफारिस साथ प्रतिवेदन पेश गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस