आज: २०८३ आश्विन १६, शुक्रबार | Fri, 02, Oct, 2026

प्रधानमन्त्रीले  चिजको तस्वीर राखेर चर्चामा ल्याएको डीडीसीमा सिआइबीको छापा

२०८३ जेष्ठ १४, बिहिबार मा प्रकाशित ( ४ महिना अघि) ४८३७ पटक पढिएको
नारी बाटिका


बिबियु
धादिङ -१४ जेठ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले दुग्ध विकास संस्थान (डीडीसी)मा छापा मारेको छ।

राजधानीको लैनचौरमा मुख्य कार्यालय भएको दुग्ध विकास संस्थान (डीडीसी)मा सिआइबीको टोलीले छापा मारी महत्वपूर्ण कागजातहरु पनि नियन्त्रणमा लिएको हो ।

तर छापा मार्नूको कारण भने सिआइबीले खुलाएको छैन ।आवश्यक अनुसन्धानका लागी उक्त दुग्ध विकास संस्थान (डीडीसी)मा छापा मारी कागजातहरु नियन्त्रणमा लिएको बताएको छ ।

केही दिनअघि प्रधानमन्त्री बालेन शाहले डीडीसीको याक चिज खाएको आफ्नो तस्वीर सार्वजनिक गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


↑