आज: २०८३ जेष्ठ १५, शुक्रबार | Fri, 29, May, 2026

आज गणतन्त्र दिवस मनाईँदै,तर समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह नजाने

२०८३ जेष्ठ १५, शुक्रबार मा प्रकाशित ( १३ घण्टा अघि) ११७९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -१५ जेठ ।

प्रजातन्त्र,हुंदै २०४६ सालको आन्दोलन,२०६३ सालमा लोकतन्त्र ल्याउन नेपालीको सङ्घर्ष र बलिदानले ल्याएको गणतन्त्र स्थापना भएको दिनलाई  आज १९औँ गणतन्त्र दिवस राष्ट्रिय दिवसका रुपमा मनाइँदै छ । मुलुकमा दशकौंसम्म जरा गाडेर बसेको राणा शासनको अन्त्य गरी प्रजातन्त्र ल्याउन ठुलो त्याग र जनआन्दोलनले सफल भएको थियो ।

२०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना भएको थियो । त्यसपछि नेपालमा जनताबाट गठन भएको सरकारले संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको दिन आज।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्ध र सात संसदवादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनले तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो राणा शासनसत्तालाई जनताको हातमा वाध्यकारी रुपमा सुम्पेको दिनलाई गणतन्त्र दिवस मनाईन थालिएको हो ।

गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। तर देशको मुल मर्म र नेपाली जनताको भविश्यसंग जोडिएको यस समारोहमा पनि प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन नगर्ने भएपछी नेपाली जनतामा अनेकौं तरङगहरु पैदा भएको अवस्था छ । प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गरी सम्बोधन गरिदिन भनेका हुन्।

यसअघिका यस्ता समारोहमा राष्ट्र र जनताका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्ने गरेको गणतन्त्र दिवस समारोहमा पनि नबोल्ने गरी राष्ट्रपतिलाई पत्राचार गरिएको यो पहिलो घटना हो।

यसअघि पनि प्रधानमन्त्री वालेन शाह कै नेतृत्वको सरकारले तयार गरेको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद् बैठकमा पनि प्रधानमन्त्री बालेनले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा समेत नबोली सिधै सभामुखसमक्ष पेस गरेका थिए।

अर्को तर्फ सरकार संगै जोडिएको विशेष जिम्मेवारीपुर्ण ल्याईने नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गरिने प्रश्नको जवाफ दिन प्रधानमन्त्री नजाँदा विपक्षी दलहरुले संसद् बैठक अवरुद्ध गरेका थिए। त्यसो त निर्वाचित भएर आईसकेपछि पनि प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधनसमेत नगरिएको अवस्था छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस