आज: २०८३ जेष्ठ १५, शुक्रबार | Fri, 29, May, 2026

मौसम : देशभर वर्षा र हावाहुरीको सम्भावना

२०८३ जेष्ठ १५, शुक्रबार मा प्रकाशित ( १३ घण्टा अघि) ११७९ पटक पढिएको
नारी बाटिका


बिबियु -नारी वाटिका संवाददाता
धादिङ -१५ जेठ ।

नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभागको नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावले आज पनि देशभर सामान्यदेखि पूर्ण मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ भने दिउँसो र राति पनि हिमाली तथा पहाडी क्षेत्रका धेरैजसो स्थानमा वर्षाको सम्भावना छ।

यस्तै आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही रुथानहरु,तराई तथा पहाडी भेगमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस