आज: २०८३ जेष्ठ १६, शनिबार | Sat, 30, May, 2026

नेकपा-का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना

२०८३ जेष्ठ १६, शनिबार मा प्रकाशित ( २३ मिनेट अघि) ६५२ पटक पढिएको
नारी बाटिका


बिबियु

धादिङ १६ जेठ ।

पूर्वप्रधानमन्त्री एव्ं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्वस्थ भएकाले अस्पताल भर्ना भएका छन्।

उनलाई केही दिनदेखि लगातार रुघाखोकीको कारण ज्वरो आएको भए पनि घरमै आराम गरिरहेका थिए । तर उनलाई निमोनियाको लक्षण देखिए पछि आज(शनिबार) बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए।

तिन दिन अघिदेखी रुघाखोकी र ज्वरोले अस्वस्थ भएका प्रचण्ड हाल निमोनियाको पनि लक्षण देखिएपछि चिकित्सककै सल्लाहमा शनिबार अस्पताल भर्ना गरिएको होु, आचार्यको भनाई छ।

प्रचण्ड शुक्रबार गणतन्त्र दिवसको कार्यक्रमसहित आगामी आर्थिक वर्षको बजेट प्रस्तुतमा,त्यस्तै संघीय संसद बैठकमा समेत अस्वस्थताका कारण उनी सहभागी हुन नसकेको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस