आज: २०८३ जेष्ठ १७, आईतबार | Sun, 31, May, 2026

कारागारबाट भागेका लुटेरा कैदीबन्दीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा

२०८३ जेष्ठ १७, आईतबार मा प्रकाशित ( ३९ मिनेट अघि) ६८३ पटक पढिएको
नारी बाटिका


काठमाडौं १७ जेठ ।

भदौ २४मा केन्द्रीय कारागारबाट भागेका लुटेरा कैदीबन्दी कार्कीलाई जडीबुटीबाट गोली चलाएर प्रहरीले नियन्त्रणमा लिएको छ।

लुटपाटमा संलग्न कसुरमा जेल बसेका गणेश कार्की भदौ २४को आन्दोलनको मौकामा जेलबाट भागेका थिए । शनिबार लुटेरा कार्कीले प्रहरीमाथि नै आक्रमण गर्न लागेपछि एक राउन्ड गोली प्रहार गरी घाइते अवस्थामा लुटेरा कार्कीलाई पक्राउ गरिएको हो ।

प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार लुटेरालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको थियो । उहाँका अनुसार कार्की भदौ २४ को आन्दोलनको मौकामा केन्द्रीय कारागारबाट फरार भएका कैदीबन्दी हुन्।

कार्की डाँका मुद्दाको कसुरमा जेल परेका व्यक्ति हुन्। उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस