आज: २०८३ जेष्ठ १८, सोमबार | Mon, 01, Jun, 2026

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति जेनजी मुभमेन्टको कडा आपत्ति

२०८३ जेष्ठ १८, सोमबार मा प्रकाशित ( ३४ मिनेट अघि) ७१४ पटक पढिएको
नारी बाटिका


धादिङ १८ जेठ ।

प्रधानमन्त्री बालेन शाहले सदनमा नेपालले पनि भारतीय भुमि मिचेको छ भन्ने अभिव्यक्ति प्रति अहिले सडकदेखी सदनसम्म कडा आलोचना भएको छ ।
उहाँको पछिल्लो यस भनाईले सामाजिक संन्जालमा गालीको वर्षा भएको हो ।

प्रधानमन्त्री शाहले आईबार प्रतिनिधिसभाको बैठकमा बोल्नु हुंदै नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिनु भएको थियो। यो अत्यन्त गम्भीर, दुखद, अनि गलत र राष्ट्र विरोधी अभिव्यक्ति हो। जुन अभिव्यक्ति ईतिहाँस मै कुनै नेताले व्यक्त गरेका छैनन् र नेपालले पनि भारतीय भुमि मिचेको अवस्था पनि छैन ,

बरु उल्टै विदेशी अतिक्रमणका विरुद्ध नेपाली जनताले युगौँ देखि संघर्ष गर्दै आएका छन् र अहिले पनि देशमाथि अतिक्रमण भइरहेको छ। त्यस्ता कार्यलाई हलुका बनाउने र विदेशीहरूको चाकडी गर्ने हिसाबले यस्ता अभिव्यक्ति दिनु राष्ट्र विरोधी कार्य भएकोले प्रधानन्त्रीको यस भनाईप्रति यसको चौतर्फी रुपमा कडा आलोचना चुलिएको छ ।

साथै उहाँले कुन तथ्य, कुन प्रमाण र कुन दस्तावेजका आधारमा यस्तो खतरनाक अभिव्यक्ति दिएको हो ? भन्ने प्रश्न पनि उठिरहेको छ ।

उक्त अभिव्यक्तिले हिजोदेखी देशभित्र र बाहिर रहेका ३ करोड नेपाली जनताको देश भक्तिपूर्ण भावनामाथि कुठाराघात भएको भन्दै यो राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन भनेर जेनजी आन्दोलनका समुहले पनि एक विज्ञेप्ति जारी गर्दै कडा विरोध गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस