आज: २०८३ जेष्ठ १८, सोमबार | Mon, 01, Jun, 2026

शुक्रबारदेखि बेपत्ता सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश मृत फेला

२०८३ जेष्ठ १८, सोमबार मा प्रकाशित ( ५३ मिनेट अघि) ८६९ पटक पढिएको
नारी बाटिका


डडेल्धुरा -१८ जेठ ।

डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय तीर्थबहादुर थापा मगर आज मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख वरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय थापाको शव परशुराम नगरपालिका–५ को सिमाना महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको हो।

उनीसंगै सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) परिगाउँमा कार्यरत प्रहरी जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवस्थित महाकाली नदी किनारमा भेटिएको बताइएको छ।

प्रहरीका अनुसार उनीहरु मामाभान्जा नाता पर्ने दुवै जना विगत चार दिनदेखी बेपत्ता भएका थिए भने आज खोजतलासको क्रममा उनीहरूले प्रयोग गरेको ट्युब महाकाली नदी किनारमा फेला परेको थियो। सोही आधारमा नदीमा बगेको हुन सक्ने आशङ्कामा नदी क्षेत्रमा खोजी कार्यलाई तिब्र पारिएको थियो।

सोही क्रममा आज थापाको शव कल्पठ्ठे नजिक महाकाली नदीमा जवान पुन मगरको शव नदीले बगाएर कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा पु¥याएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस