
नारी बाटिका
बिबियु
धादिङ -२० जेठ ।
केही वर्ष अघिदेखी काठमाडौँ महानगरपालिकाभित्र रहेका समस्याग्रस्त सहकारीका बचतकर्ताले करिब पाँच अर्ब बचत फिर्ताका लागि विभागमा उजुरी दिएका छन् । महानगरपालिका सहकारी विभागमा चार अर्ब ७७ करोड ४९ लाख २३ हजार बचत रकम फिर्ता गरी दिनका लागि छ हजार बढी बचतकर्ताले माग गरेका हुन्।
ति बचतकर्ताले काठमाडौं महानगरपालिकाभित्र स्थापना गरी समस्याग्रस्त अवस्थामा भएका सहकारी संस्था डुबेपछी आफ्ना बचत रकम फिर्ताका लागि छ हजार बढी बचतकर्ताले माग राख्दै विभागको सहारा लिन गएका हुन् ।
सहकारी विभागका अनुसार पछिल्लो समय काठमाडौं महानगरपालिकामा बचत रकम फिर्ता गरीदिनका लागि धेरै बचतकर्ताले माग गर्न थालेका बताइएको छ। उल्लेखित बचत रकम फिर्ताका लागि गत वैशाख १७ गतेदेखि हालसम्म आएको उजुरीको संख्या ६ हजार भन्दाबढी रहेको सहकारी विकागका प्रमुख ध्रुवकुमार काफ्लेले बताएका छन् ।
यसरी बचत माग गर्ने बचतकर्तामध्य एक लाख देखि पाँच लाखसम्मको रकम रहेका बचतकर्ता रहेका छन् । आफुले बचत गरेको सहकारी संस्था समस्यामा परेपछी रकम फिर्ताका लागि छ हजार ३०० बचत कर्ताले उजुरी दिएको प्रमुख काफ्लेले जानकारी दिनु भयो ।
“ उजुरी दिनेमा दैनिक रुपमा ५०० देखि एक हजारसम्म बचत जम्मा गर्ने अर्थात साना बचतकर्ताहरूको सङ्ख्या बढी रहेको बताइएको छ।” बचत फिर्ताका लागी उजुरी दिएकामध्ये साना बचतकर्ताको सङ्ख्या नै ७८ प्रतिशत रहेका छन् ।
उजुरीकै आधारमा काठमाडौ महानगरपालिकाले गत सोमवार र मङ्गलवार गरी बुद्ध दर्शन सेभङि एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको बताएको छ। यस्तै सोही सहकारी संस्थाले उक्त दिन एक लाख ५० हजारसम्म बचत गर्ने ७० जना बचतदाता सदस्यहरूलाई बचत रकम फिर्ता गरेको थियो।
साथै उक्त सहकारी संस्थाले आगामी १ महिनाभित्र पाँच लाखसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको विभागले बताएको छ।








प्रतिक्रिया दिनुहोस