आज: २०८३ जेष्ठ २५, सोमबार | Mon, 08, Jun, 2026

यस वर्षको मनसुन एक सातापछि नेपाल भित्रिने

२०८३ जेष्ठ २५, सोमबार मा प्रकाशित ( ४ घण्टा अघि) १०५५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ — २५ जेठ

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन एक सातापछि नेपाल भित्रिने बताइएको छ । सामान्यतथा जुन १३ मा नेपालमा मनसुन भित्रने गरेको भएपनि यस वर्ष जुन १५ देखि १७ सम्म नेपालमा मनसुन भित्रिसक्ने सक्ने अनुमान गरिएको छ । विभागका अनुसार पानी पर्ने प्रणाली जुनदेखि सेप्टेम्बरसम्म सक्रिय रहनेछ । गत वर्षको तुलनामा यस वर्ष सुख्खा हुनेछ ।

मौसमविद्का अनुसार यस वर्ष बंगालको खाडीमा मौसमी प्रणाली विकास हुन ढिलो भएकोले नेपालमा भित्रिन ढिलो भएको भनाइ छ । यस्तै मौसम विज्ञान विभागले यस वर्ष वर्षाको अवधिमा देश नै सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ । साथै अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने पनि पुर्वानुमान गरिएको हो ।

यस वर्षको सुरुमै अर्थात प्रि–मनसुन कै अवधीमा धेरै वर्षा भएको साथै समुन्द्र सतहको तापक्रम अत्यधिक बढ्ने समय भएकाले यो वर्ष वर्षातमा औषतभन्दा कम पानी पर्ने सम्भावना देखिएको हो । यस्तै हरेक ३ वर्षमा आउने अधिकमास (पुरुषोत्तम महिना)को अवधिमा मौसममा परिवर्तन भएर मनसुनको समयमा कम पानी पर्ने गरेको मौसमका विज्ञहरुको भनाई छ ।

यदपि मनसुन अवधीको मध्य र अन्त्यमा भने ठिकै वर्षा हुने सम्भावना रहेको मौसमविद्को भनाइ छ । यस्तै यस वर्ष देशका विभिन्न भुभागमा फरक–फरक मनसुन हुने बताइएको छ । कर्णाली प्रदेशका दक्षिणी भाग, लुम्बिनी प्रदेशका अधिकांश भाग,मधेस प्रदेशका पूर्वी तथा कोशी प्रदेशका दक्षिण भागमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका अधिकांश भाग, मधेस प्रदेशका पश्चिमी भाग र कोशी प्रदेशका मध्य भागमा पनि सरदरभन्दा कम वर्षा हुने जसमा उक्त भुभागमा ४५ देखि ५५ प्रतिशत सम्म पार्ने पर्नेछ ।

साथै यसै अवधिमा अधिकतम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ । यसमा पनि ठाउँ र भुभाग विशेष फरक फरक न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी हुन सक्ने सम्भावना रहेको विभागले पुवानुमान गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस