
महोत्तरी २५ जेठ ।
महोत्तरीको सम्सी गाउँपालिका( ५ मा शुक्रबारदेखि हराएका बालक रोहीत यादव मृत फेला परेका छन् । ति बालक गत शुक्रबार साँझघर छेउ मै खेलीरहेको अवस्थामा रोहीत यादवका तीन वर्षीय छोरा मनिकेश यादव अचानक हराएका थिए ।
बालकको शव आज सोही ठाउँमा रहेको पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताउनु भयो ।
शुक्रबारदेखि हराएका निज बालकको शव शोमबार पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो । बालकको शव बोरामा राखिएको अवस्थामा फेला परेकाले हत्या भएको आशङ्कासहित घटनाको सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी जलेश्वर नगरपालिका–१२ का १२ वर्षीय बालक गौतम यादव, जेठ ७ मा वडा नं ६ का १५ वर्षीय अभय मण्डल गत जेठ १४ गतेदेखि हराइरहेका र उनीहरु दुबैको खोजी भइहरेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस