आज: २०८३ जेष्ठ २७, बुधबार | Wed, 10, Jun, 2026

नेता रिसाए फरक नपर्ने ,जनता रिसाए चिन्ता गरौँ ’, : गगन थापा

२०८३ जेष्ठ २७, बुधबार मा प्रकाशित ( २ घण्टा अघि) ९०० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२७ जेठ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेता रिसाए पनि केही फरक नपर्ने तर जनता रिसाए भने चिन्ता गर्नु पर्ने बताउनु भएको छ । गोरखा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत तथा कार्यकता भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

भेटघाट कार्यक्रमलाई संभोधन गर्नु सभापति थापाले भन्नु भयो’, तपाईँहरुले केन्द्रको चिन्ता नगरी जिल्लाका जनताको चिन्ता गर्न सुझाव दिन चाहान्छु’,। पार्टीको साधारण सदस्यको महत्त्व ठूलो भएकाले त्यसको कदर र संरक्षण गर्नु तपाई, हामी सबैको दायित्व र जिम्मेवारी होे’, उहाँको धारणा छ ।

‘तपाईँहरुले फलानो नेता रिसाए कि, ढिस्कानो नेता रिसाए कि भनेर चिन्ता गर्न छाड्नुस् किन भने पार्टीको चुनाव चिह्नमा भोट हाल्ने जनता किन रिसाए भनेर चिन्ता गर्नुस्’, उहाँले भन्नु भयो’, ‘माथि, केन्द्र म मिलाउँछु । तल, जिल्ला मिलाउने जिम्मा तपाईँहरुको पनि हो ।’ जनता रिसाएर यसपटकको चुनावमा नतिजा बिग्रिएको भन्दै उहाँले जनता सम्हाल्न आग्रह गर्नु भएको हो ।

सभापति थापाले २०८४ को चुनावमा उम्मेदवार माथिबाट नभइ तल्लो तहबाट छान्ने परिपाटीको विकास गर्ने बताउनु भएको हो ।

‘उहाँले भन्नु भयो ’, अब अँध्यारो कोठामा बसेर यो हाम्रो मान्छे, त्यो फलानोको मान्छे भन्ने दिन गयो ’ । ‘अब गोरखा नगरपालिकाको मेयरको टिकट कसलाई दिने भन्ने निर्धारण गोरखा नगरपालिकाकै पार्टीले गर्नेछ । अब तल्लो तहको पार्टी सदस्यको अभिमतलाई संस्थागत गर्न चाहन्छौँ । पार्टी सदस्यको शक्तिलाई कदर गर्न चाहन्छु ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस