आज: २०८३ जेष्ठ २७, बुधबार | Wed, 10, Jun, 2026

सरकारले एकै लटमा १० हजार कर्मचारी हटाउँदै

२०८३ जेष्ठ २७, बुधबार मा प्रकाशित ( ३ घण्टा अघि) १५६ पटक पढिएको
नारी बाटिका


तस्वीर स्रोत : गुगल एआई

बिबियु, नारी वाटिका संवाददाता

धादिङ -२७ जेठ ।

बालेन सरकारले एकै लटमा १० हजार कर्मचारीलाई हटाउने भएको छ । मुलुकमा बालेन शाह नेतृत्वको नयाँ सरकार बनेसँगै खर्च कटौतीका लागि भन्दै कर्मचारीको संख्या घटाउने निर्णय गरेको हो ।

मंगलबार सिंहदरबारमा बसेको मुख्य सचिव तथा सचिवहरूको बैठकबाट सरकारको निर्देशन अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर खर्च कटौती गर्ने र अत्यावश्यक बाहेकका अन्य कर्मचारीको संख्या कटौती गर्ने निर्णय गरेको छ ।

संघीय सरकार मातहत रहेको जम्मा दरबन्दीको २० प्रतिशत कर्मचारी कटौती गर्ने निर्णय भएसंगै संख्यात्मक हिसाबले १० हजार भन्दा बढी कर्मचारीको दरबन्दी कटौती हुने देखिएको छ ।

तेसो हुंदा कर्मचारीहरू मन्त्रालय, सचिवालय, आयोग तथा कार्यालयबाट कटौती सुरु गर्ने निर्णय गरेको र यसलाई असोजभित्रै स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिने बताइएको छ । कर्मचारीहरूले गरेको संशोधित दरबन्दी स्वीकृतिको निर्णय पनि मन्त्रिपरिषद्ले गर्ने व्यवस्था छ ।

यसैगरी सचिवहरूको सोही बैठकले अनावश्यक निकायहरु समेतलाई खारेज गरिने तथा एकै विषय मिल्ने निकायहरुलाई गाभ्ने र हस्तान्तरणको काम पनि तत्कालै सुरु गरिने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस