आज: २०८३ जेष्ठ २८, बिहिबार | Thu, 11, Jun, 2026

‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट

२०८३ जेष्ठ २८, बिहिबार मा प्रकाशित ( ३ घण्टा अघि) ११४८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
भरतपुर- २८ जेठ ।

गर्मी बढेसंगै बर्डफ्लु (एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान) सङ्क्रमण देखिएपछि ३८ हजार २०० लेयर्स कुखुरा नष्ट गरिएको छ। चितवनको खैरहनी नगरपालिका–१ का एक व्यावसायिक कुखुरा फार्ममा उक्त सङ्क्रमण पुष्टि भएपछि कुखुरासहित दाना नष्ट गरिएको हो।

कुखुरामा लाग्ने यस रोग नियन्त्रणका लागि पशु सेवा कार्यालय चितवनले यही जेठ २३ गते कुखुरामा बर्डफ्लु सङ्क्रमण भेटिएपछि तिन दिनदेखी कुखुरा नष्ट गर्न सुरु गरिएको कार्यालय प्रमुख डा. प्रभात न्यौपानेले बताउनु भयो ।

पशु सेवा कार्यालयका अनुसार लगातार तीन दिनसम्म कुखुरा नष्ट गरेपछि मङ्गलबार फार्म पूर्ण रूपमा सरसफाइ गरी सिल गरिएको छ। यस्तै सो फार्मबाट एक हजार ४०५ पेटी अण्डा, १२ टन दानासमेत नष्ट गरिएको जनाएको छ।

“पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा नमूना पठाई (एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान)को पुष्टी भएपछि कुखुरा,अण्डा र दानासमेत नष्ट गरिएको हो । कार्यालय प्रमुख डा.न्यौपानेका अनुसार अन्य कुखुरा फार्मको नमूना संकलन गर्ने काम भइरहेको छ।

यसअघि पनि भरतपुर महानगरपालिका–४ को एक व्यावसायिक कुखुरा फार्ममा संक्रमण पुष्टि भएपछि १७ हजार ८७० लेयर्स कुखुरा र सोही स्थानमा संन्चालित अर्को कुखुरा फार्मबाट ९३५ स्थानीय कुखुरासमेत नष्ट गरिएको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस