
नारी वाटिका संवाददाता
मकवानपुर- २८ जेठ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा जीप दुर्घटनामा निजगढ–काठमाडौं द्रुतमार्ग (फास्ट ट्र्याक)आयोजनाका
इन्जिनियरसहित चालकको मृत्यु भएको छ ।
दुघटनामा परी मृत्यु हुनेमा इन्जिनियर सूर्य यादव र चालक बोधराज बुढाथोकी रहेको बताईएको छ । दक्षिणकालीबाट माण्डु हाइड्रोपावर क्षेत्र हुँदै इपातर्फ जाँदै गरेको पिकअप जीप गए राति अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खसेर दुर्घटनामा परेको हो ।
घटनामा नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरी दुवै जनालाई हेटौँडा अस्पताल पुर्याएका थिए । तर उनीहरुको अवस्था गम्भीर रहेकोले अपस्पताल पुग्नासाथैै चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।












प्रतिक्रिया दिनुहोस