
बिबियु, नारी वाटिका संवाददाता
धादिङ -२९ जेठ ।
हाल देशभरमा पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ। सोही कारण आज गण्डकी,लुम्बिनी, कर्णाली प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भुभागमा सामान्यदेखि आंशिक बदली छ ।
सुक्रबार दिउँसो कोशी, मधेस, बागमती लगायत हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै लुम्बिनी, गण्डकी र बागमती प्रदेशका तराई भुभागका एक–दुई स्थानमा वर्षा हुने सम्भावना छ।
साथै आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भुभागमा मौसम बदली हुने तथा केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।












प्रतिक्रिया दिनुहोस