
काभ्रे -२९ जेठ ।
केही बेरअघि काभ्रे जिल्लाको बिपी राजमार्ग क्ष्ेत्र बुच्चाकोटमा बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ। 
सुक्रबार दिउँसो बनेपाबाट रोशी गाउँपालिकास्थित सुँगुरेतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनामा परी घटनास्थल मै ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा उद्धार तथा राहत कार्य जारी रहेको छ। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा केही यात्रुहरु घाइते भएका छन् ।
अहिले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाउने काम भैरहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी छ साथै घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस