
नारी बाटिका
बिबियु, नारी वाटिका संवाददाता
धादिङ ३० जेठ ।
धादिङको सिद्धलेक गाउँपालिका १ अन्तर्गत पर्ने नलाङ–बैरेनी सडक केही दिनको लागी अवरुद्ध हुने भएको छ ।
उक्त सडक खण्डमा कालोपत्रे (पिच) गर्ने कार्य तिब्र रुपमा भैईरहेकाले निर्माण कार्यलाई वाधा पुर्याउने हुंदा केही दिनको लागी यातातात संन्चालनमा रोक लगाइएको हो । आयोजनाका अनुसार सडक पिचको कामलाई सुरक्षित र व्यवस्थित बनाउन उक्त सडकखण्डमा सवारी साधन र सर्वसाधारणको आवतजावतलाई अस्थायी रूपमा बन्द गरिएको जनाएको छ।
सडक स्तरोन्नति तथा कालोपत्रे कार्य तीव्र रूपमा अघि बढिरहेको कारण केही दिनको लागी सवारी साधन संन्चालनमा रोक लगाइएको सिद्धलेक गाउँपालिका १ का वडा अध्यक्ष पेमा वाङ्गेल लामाले बताए । वडाध्यक्ष लामाले भने निर्माण कार्य सम्पन्न नभएसम्म सर्वसाधारणलाई उक्त सडक प्रयोग नगरी वैकल्पिक मार्गबाट यात्रा गर्न अनुरोध गरिएको छ ।
साथै उनले वैकल्पिक मार्गको रुपमा यात्रु तथा सवारी साधनलाई अर्चले–लामोघर हुँदै बलमडाँडा–ठाटी अन्तर्रगतको सडक प्रयोग गर्न आग्रह गरिएको छ। निर्माण कार्य सकेसम्म छिटो सम्पन्न गरी सडक पुनः सञ्चालनमा ल्याइने वडाध्यक्ष लामाको भनाई छ








प्रतिक्रिया दिनुहोस