आज: २०८३ अषाढ ५, शुक्रबार | Fri, 19, Jun, 2026

भौतिक पूर्वाधार मन्त्री लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्न निर्देशन

२०८३ अषाढ १, सोमबार मा प्रकाशित ( ४ दिन अघि) १३०३ पटक पढिएको
नारी बाटिका


धादिङ, १ — असार ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले काम नगर्ने ठेकेदारलाई खुट्टा भाँचिदिनु भनेर निर्देशन दिएका छन् ।

धादिङको नागढुंगा–मुग्लिङ खण्डको निर्माणाधीन सडक आयोजनाको स्थलगत अनुगमन गर्ने क्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

सोही क्रममा जनमासकोबिचमा मन्त्री लम्सालले भने काम नगर्ने ठेकेदारलाई खोजेर ल्याएर खुट्टा भाँचेर भए पनि काम लगाउन निर्देशन दिएपछि अहिले उनको अभिव्यक्तिको चौतर्फी रुपमा आलोचित बनेको हो ।

आइतबार मुग्लिङदेखि नागढुंगा सडकखण्डमा भैइरहेको सडक स्तरनेतिको कार्यमा निरीक्षण गर्न आएका मन्त्री लम्सालले सडकमा रहेको बिजुलीको पोल हटाउन ढिला गर्ने ठेकेदारप्रति लक्षित गरी आक्रोशका साथ गालीको भाषा प्रयोग गरेका हुन् ।

अनुगमनमा धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख र आयोजना प्रमुख लगायतका जिम्मेवार पदाधिकारीहरूसंग मन्त्री लम्सालले निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिँदै उनले यो बिजुलीको पोल सार्ने कन्ट्रयाक्टर धरतीमा कहाँ छ, खोजेर लिएर यहीँ राख्नुस्। काम गर्दैन भने खुट्टा भाँच्दिनू, मतलब भएन ???

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस