
नारी वाटिका संवाददाता
धादिङ -२ असार ।
सामाजिक सञ्जाल फेसबुक मार्फत पोष्ट गरिएको तस्बिरमा अपशब्द लेखेर उसको चरित्र हत्या गरिएको अभियोगमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नं ११ सतुङ्गल बस्ने ६१ वर्षीय प्रद्युम्न श्रेष्ठलाई नेपाल प्रहरीको ब्यूरोको टोलीले पक्राउ गरेको हो।
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा निजलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको व्यूरोका प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनु भयो।












प्रतिक्रिया दिनुहोस