
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिड॰ ३ असार ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले सरकारी संम्रचनाभित्र राखिएका विभिन्न कर्मचारी संघ–संगठन तथा पेसागत संस्थाका कार्यालयहरू हटाउन सात दिने अल्टिमेटन दिएको छ ।
काठमाडौं प्रशासनर्लेै आइतबार एक सूचना जारी गर्दै संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका गैरसरकारी संघ संस्थाहरु, प्राविधिक तथा पेसागत संघ(संगठनका कार्यालयहरू अब उपरान्त सरकारी संम्रचनाभित्र राख्न नपाइने गरी हटाउन लागिएको छ।
प्रशासनले यस्ता संगठनका केन्द्रीय, प्रादेशिक, जिल्ला, सम्पर्क तथा एकाइ कार्यालयहरूलाई सरकारी संरचनाबाट आफ्ना साइनबोर्ड, कक्ष र अन्य पूर्वाधार हटाई निजी वा भाडाको भवनमा सार्न निर्देशन दिएको हो।
साथै कार्यालय सारी सकेपछि त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराउन समेत सम्बद्ध संस्थाहरूलाई भनिएको छ। यस्तै प्रशासनले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूलाई पनि आफ्ना भवनभित्र यस्ता संघ(संगठनले ओगटेका जग्गाहरु खाली गर्न भनिएको छ।
साथै सूचनामा तोकिए अनुसार सात दिनको अवधिभित्र सरकारी संरचनाभित्रै रहेका यस्ता सार्वजनिक संचरनाहरू, गैरसरकारी प्रकृतिका संघसंस्थाहरू सञ्चालन भइरहेको पाइएमा र नसारी अटेर गरिएमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।








प्रतिक्रिया दिनुहोस