
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -३ असार ।
हाल देशभरमा उपल्लो वायुमण्डलको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको पनि आंशिक प्रभावले देशभरको मौसममा प्रभाव पारेको छ।
जसको प्रभावले आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने छ भने तराई क्षेत्रका मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका केही भूभागमा आंशिक बादल लाग्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षासहित हिमपातको सम्भावना छ।
आज कोशी प्रदेशको तराईका केही स्थान, मधेस प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्य वर्षा हुन सक्ने सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिन हुने महाशाखाले जनाएको छ।
आज राति देशको हिमाली र पहाडी क्षेत्र, कोशी प्रदेशका तराई भागमा साधारणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थान, बागमती प्रदेशका हिमाली र पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
साथै कोशी प्रदेशको तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।








प्रतिक्रिया दिनुहोस