
नारी बाटिका
बिबियु, नारी वाटिका संवादाता
धादिङ -४ असार ।
नीलकण्ठ नगरपालिका र हेफर नेपालबिचको सहकार्यमा एक्सन नेपालद्वारा सञ्चालित कृषि उद्यम द्रुतीकरण कार्यक्रममा उत्कृष्ट कृषकहरु सम्मानित भएका छन् । मंगलबार निलकण्ठ नगरपालिकाको धादिङबेसीस्थित सिटी हलमा आयोजित एक कार्यक्रममा २५ जना कृषि उद्यमीमध्ये प्रारम्भिक चरणमा तिनजना कृषकहरु उत्कृष्ट भएका हुन् ।
उक्त परियाजनाले निलकण्ठ नगरपालिकाभित्र एक्सन नेपाल (लनय ) मार्फत केही वर्ष अघिदेखी समुदायका विशेषगरी कृर्षी र कृर्षकहरुमा काम गर्दै आईरहेको छ । परियोजनाले समेटेका केही किसानीहरुमध्य प्रारम्भिक रूपमा २५ जना कृषि उद्यमी छनौट गरी त्यसमा पनि १० जना कृषकहरूले आफ्ना कृषि व्यवसायका अनुभव, संघर्ष र सफलताका कथाहरू प्रस्तुत गरेका थिए।
प्रतियोगि रुपमा आयोजित कार्यक्रममा रोशनीका गुरुङ प्रथम, रामकुमार श्रेष्ठ द्वितीय तथा बुद्धिप्रसाद बुर्लाकोटी तृतीय भएका छन्। परियोजनाले समेटेका किसानीहरुबाट उत्कृष्ट घोषित तीनै जना कृषकलाई जनही ५० । ५० हजार रुपैयाँ नगद सहित सम्मान पत्र द्वारा पुरस्किृत भएका हुन्
।
कार्यक्रममा कृषि क्षेत्रमा उद्यमशीलता विकास,आधुनिक कृषि प्रणाली तर्फ उन्मुख गराउन आधुनिक प्रविधिको प्रयोग तथा व्यवसायिक कृर्षकको रुपमा परिचित गराउन प्रवर्द्धन र उत्पादनमा सहयोग पुर्याउनको लागी कृषीृ पेशामा हौसला जगाउन कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्यक्रम आयोजकले जनाएको छ।
विशेषगरी पछिल्लो समयमा नेपालका कृषी पेशामा नेरिश्यता बढ्दै गएको र किसानी कै लाखौं युवाहरु विदेशी भुमिमा गएर त्यही किसानी कै क्षेत्रमा मजदुरी गर्ने प्रविधि बढ्दै गइरहेको अवस्थामा यसरी कृषि उद्यमलाई थप प्रभावकारी र दिगो बनाउन यस्ता कार्यक्रमले कृषकहरूको मनोबल बढाउने देखिन्छ ।
यस्तै यस कार्यक्रमले एकै कृषक परिवारका दुबै श्रीमान–श्रीमतीसहित संयुक्त रूपमा सम्मान गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषि क्षेत्रमा क्रियाशील सरोकारवाला निकायका प्रतिनिधि तथा कृषकहरूको सहभागिता रहेको थियो
।








प्रतिक्रिया दिनुहोस