आज: २०८३ अषाढ ४, बिहिबार | Thu, 18, Jun, 2026

निलकण्ठ नगरपालिकाको १अर्व २४करोड ८८ हजारको अनुमानित बजेट सार्वजनिक

२०८३ अषाढ ४, बिहिबार मा प्रकाशित ( २ घण्टा अघि) ५५९ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवादाता

धादिङ -४ असार ।

धादिङ नीलकण्ठ नगरपालिकाको  १९ औं नगरसभा सम्पन्न भएको छ ।बिहिबार धादिङ वेसीको सिटी हलमा  आयोजित नगर सभामा नगर प्रमुख मेयर भिमप्रशाद ढुंगानाले आगमी आव २०८३। ०८४ को लागी निती तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

नगरपालिकाले आगमी आर्थिक वर्षको लागी १ अर्व २४ करोड ८८ हजारको अनुमानित बजेट सार्वजनिक गरेको हो ।

नगरसभामा आर्थिक वर्ष २०८३।८४ को बजेट सार्वजनिक गर्दै नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले चालु खर्चतर्फ ८७ करोड २७ लाख ५३ हजार र पूँजीगत खर्चतर्फ ३६ करोड ७३ लाख ३५ हजार रुपैयाँको वजेट पेश गरेका छन् । यस चालु वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि १ करोड ७ लाख ८३ हजार रुपैयाँ बढीले बजेट सार्वजनिक गरिएको हो । चालू वर्ष २०८३ असार ३ सम्म कुल १ अर्ब २६ करोड २९ लाख ४२ हजार ६६३ रुपैयामा (५५.५७ प्रतिशत (७० करोड १८ लाख ५३ हजार ६१ रुपैयाँ) खर्च भएको जानकारी गराइएको थियो।

यसैगरी नगरपालिकाको आन्तरिक आय तर्फ ६ करोड ६० लाख अनुमान गरिएकोमा ५६.२१ प्रतिशत (३ करोड ३७ लाख २६ हजार) आम्दानी छ । राजस्व तर्फ १३ करोड ४ लाख ६४ हजार ४१९ रुपैयाँ अनुमान गरिएकोमा ८६.३२ प्रतिशत (११ करोड २६ लाख २० हजार) रहेको छ ।

क्षेत्रगत खर्च विवरण अनुसार आर्थिक विकासमा १८.३४,सामाजिक विकास ६७.७६, पूर्वाधार विकास ३२.३९,सुशासन तथा अन्तर सम्बन्धित तर्फ ४४.५३ तथा कार्यालय सञ्चालन र प्रशासनिक खर्च तर्फ ३०.४४ प्रतिशतको खर्च विवरण उल्लेख गरिएको छ ।

नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, युवा, पूर्वाधार र सुशासनलाई प्राथमिकतामा बजेट विनियोजन गरिएको उपप्रमुख दिपक विश्वकर्माको भनाई छ । नगरपालिकाले कक्षा १२ सम्मको शिक्षलाई निःशुल्क गर्ने कार्य निरनतर गरिएको र सो कार्यको लागी ८ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको पनि नगरसभामा जानकारी गराइएको छ ।

त्यसैगरी पशुपालन तथा विउविजतन वितरण, बाली संरक्षण कार्यक्रम, किसानसँग चौतारी, उत्कृष्ट उद्योग तथा बाली प्रवद्र्धन, भाषा, कला, संस्कृति तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने,नगर स्वास्थ्य परीक्षण कार्यक्रम, स्वास्थ्य संस्थाको स्तरोन्नति, भवन तथा उपकरण मर्मत–सम्भार लगायतका कार्यक्रमका लागि बजेट व्यवस्था गरिएको जानकारी गराइएको छ।

साथै नगरापालिकाले युवा तथा खेलकुद,युवाको सीप, उद्यमशीलता र नेतृत्व विकास,रोजगारी सिर्जना र प्रवद्र्धन,वैदेशिक रोजगारीसम्बन्धी परामर्श तथा पुनःएकीकरण कार्यक्रम,सरसफाइ, लिफ्ट खानेपानी योजनाको विद्युत महसुलमा ५० प्रतिशत अनुदान, नगरभित्रका विपन्न समुदायको मृत्यु संस्कार सहयोग तथा अन्य सामाजिक सुरक्षाका कार्यक्रम, खानेपानी, सरसफाइ तथा फोहोर व्यवस्थापन लगायतको क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस