
बिबियु, नारी वाटिका संवादाता
धादिङ -५ असार ।
हाल देशभरउपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुसार आज कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाको अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्र, लुम्बिनी प्रदेशको हिमाली भूभाग साथै कोशी प्रदेशका तराई भागमा साधरणतया बादल लाग्ने तथा लुम्बिनी प्रदेशको पहाडी भूभाग, मधेस प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।












प्रतिक्रिया दिनुहोस