
नारी बाटिका
नारी वाटिका संवादाता
धादिङ -६ असार ।
पछिल्लो समयमा देशका धेरै स्थानमा अत्याधिक बढेको अवस्था छ ।
मोसमी बदलीका कारण हाल कोशी प्रदेशका केही क्षेत्रमा मनसुनी प्रभाव परेको छ । सार्थ अन्य भूभागमा स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। साथै कोशी र मधेस प्रदेशलगायतका केही तराई भुभागमा पनि वर्षा हुन सक्ने सम्भावना छ।
आज लुम्बिनी प्रदेश र सुदूरपश्चिमका तराई भुभागमा तातो लहर चल्ने तथा बागमती र गण्डकी प्रदेश अन्र्तरगतका केही तराई भेगमा पनि तातो दिन रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा वर्षा जारी रहनेछ भने केही स्थानमा भारी वर्षासमेत हुन सक्ने अनुमान गरिएको छ।








प्रतिक्रिया दिनुहोस