आज: २०८३ अषाढ ८, सोमबार | Mon, 22, Jun, 2026

दुईअघि कोशीबाट प्रवेश गरेको मनसुनी विस्तारै अन्यत्र पनि सक्रिय हुंदै

२०८३ अषाढ ८, सोमबार मा प्रकाशित ( ९ मिनेट अघि) २१८ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता
धादिङ -८ असार ।

हाल देशमा पश्चिमी र स्थानीय मनसुनी वायुको मिश्रित प्रभाव परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको र देशका अन्य भू–भागमा पनि पश्चिमी तथा स्थानीय वायुको असर रहेको जनाएको छ।

अहिले कोशी प्रदेशलगायतका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ। मधेस र बागमती प्रदेशको तराई भेगमा आंशिक बादल लागेको छ। तर लुम्बिनी र कर्णाली प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा छ। अहिले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

यस्तै आज दिउँसो र राति पनि देशभरका हिमाली र पहाडी भेग, कोशी प्रदेशको तराई भू–भागमा साधारणतया बादल लाग्नेछ। मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक रुपमा मौसम बदली हुने छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगमा भने मौसम सफा रहने छ।

यस्तै कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक दुई स्थानमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षासहित हिमपात हुनसक्ने अनुमान छ।

कोशी प्रदेशका तराई क्षेत्रका केही र मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

मनसुनी प्रभावले पहाडी तराई क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ तराई भुभागमा भने अत्याधिक गर्मीले जनजीवन प्रभावित बन्ने देखिन्छ। लुम्बिनी र सुदूरपश्चिमका केही तराई भेगमा,बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रलगायतका केही क्षेत्रमा पनि अत्यधिक गर्मी भई तातो दिन हुने महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस