आज: २०८३ अषाढ ८, सोमबार | Mon, 22, Jun, 2026

गैँडाकोटमा इभी हाइस दुर्घटनामा आठ जना घाइते, केहीको अवस्था गम्भीर

२०८३ अषाढ ८, सोमबार मा प्रकाशित ( २५ मिनेट अघि) ५९० पटक पढिएको
नारी बाटिका


गैँडाकोट ८ असार ।

पूर्व(पश्चिम महेन्द्र राजमार्ग,नवलपरासीको(बर्दघाट सुस्तापूर्व)मा ईभी गाडी दुर्घटना हुंदा आठ जना यात्रु घाइते भएका छन् । साथै घाइते यात्रुहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अहिले साँझ पोखराबाट कृष्णनगर कपिल्बस्तुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०३ च १२०५ नम्बरको विद्युतीय गाडी (इभी) हाइस अनियन्त्रित भई सडकको छेउमै पल्टिएर दुर्घटनामा परेको हो । दुर्घटनामा सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा गइ उद्धार गरेको थियो ।

उक्त हाइसमा नौ जना सवार यात्रुमध्ये आठ जना घाइते भएका हुन् भने अहिले उनीहरुको उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर पठाइएको जनाएको छ । उक्त दुर्घटनामा कपिलवस्तुको कृष्णनगर नगरपालिका २ का २७ वर्षीया श्रद्धा अग्रवाल र १५ महिनाका नौसद रिसिङ अग्रवालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यसैगरी सवारी चालक कपिलवस्तुको मायादेवी गाउँपालिका(२ निवासी २४ वर्षीय विष्णु घर्ती, कृष्णनगर नगरपालिका(२ का २६ वर्षीय ऋषभ अग्रवाल, २५ वर्षीया रिद्धिसिंह सिंहनिया, २३ वर्षीया सेरी सिंह, २७ वर्षीया शिवानी अग्रवाल र ३१ वर्षीय अरविन्द अग्रवाल घाइते भएका छन् ।

घटनास्थलमा अस्थायी प्रहरी पोष्ट बेल्डियाबाट प्रहरीको टोली खटिई सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ । दुर्घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस