
नारी बाटिका
बिबियु,नारी वाटिका डट्कम
धादिङ -९ असार ।
हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको मौसम विभाग पुर्वानुमान महाशाखाले जनाएको छ । अन्य भूभागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव कायम छ।
महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बादल तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल छ भने कोशी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्ने,मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्ने देखिएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहने, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक(दुई स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यम वर्षासहित हिमपातको सम्भावना छ।
यसैगरी आज कोशीका तराई भू-भागका केही स्थानमा र मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईको एक-दुई स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यम वर्षा हुनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा भने तातो लहर हुने, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि तातो दिन हुनेछ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू(भाग साथै कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्ने, मधेश प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा र बागमती, गण्डकी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्ने, लुम्बिनी,र सुदूरपश्चिम प्रदेशको तराई भू(भागमा मौसम मूख्यतया सफा रहने छ ।
साथै आजराति कोशी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यमसम्मको वर्षा तथा हिमपात हने पुर्वानुमान छ । कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा मधेश प्रदेशको तराईका एक-दुई स्थानमा पनि मेघगर्जन,चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।








प्रतिक्रिया दिनुहोस