आज: २०८३ अषाढ ११, बिहिबार | Thu, 25, Jun, 2026

देशका विभिन्न क्षेत्रमा मनसुनी प्रभाव बढ्दै, केही स्थानमा वर्षा

२०८३ अषाढ ११, बिहिबार मा प्रकाशित ( १ मिनेट अघि) ६३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -११ असार ।

हाल देशका विभिन्न क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ।ा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस र बागमती प्रदेशका अधिकांश भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुन सक्रिय रहेको जानकारी दिएको छ।

आज हिमाली तथा पहाडी भेगका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराई तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराईका भुभागमा पनि आज वर्षा हुने सम्भावना छ।

तर लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने तातो लहर तथा बागमती र गण्डकीका केही तराई क्षेत्रमा पनि तातो दिन रहने छ । आज रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक तथा सामान्य मौसम बदली रही केही स्थानमा वर्षाको सम्भावना छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस