नारी बाटिका
बिवियु,नारी वाटिका डट्कम
धादिङ- ११ असार ।
धादिङ जिल्लाको निलकण्ठ नगरपालिका ३ धादिङवेशीमा मुख्य कार्यालय रहेको नारी बचत तथा ऋण सहकारी संस्थाले संस्थाको १९ वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । संस्थाले १९ औं स्थापना दिवसको अबसरमा संस्थाको सामाजिक दायित्व अन्तरगत विभिद कार्यक्रम गरी मनाएको छ ।
संस्थाका सम्रक्षक तथा जेष्ठ चित्र कुमारीको अध्यक्षमा भएको कार्यक्रममा संस्थाका कोर कमिटीका पदाधिकारीहरु विभिन्न उपसमितिका पदाधिकारीहरु,कर्मचारी तथा संस्था स्थापना कालका पुराना संस्थापक सदस्यहरुको सहभागितमा रहेको थियो । 
कार्यक्रममा संस्थाकी अध्यक्ष एव्ं प्रशिक्षक भगवती उप्रेतीले आजभन्दा १८ वर्ष अगाडीका संस्था स्थापना कालका संघर्ष चुनौतिको पार गर्दै अठार वर्षको अन्तरालमा संस्थामा २८२३ सदस्यहरुमा,बचत तथा ऋणको कारबारको साथमा संस्थाले गरेका लैगिक हिंसा विरुद्धका कार्यक्रम,
असहाय तथा विपन्न बालबालिकाहरुमा शैक्षिक सामग्री वितरण जस्ता कार्य गर्दै आएको स्मरण गराउनु भयो ।
यसैगरी संस्थाले समुह व्यवशायीक सहुलियत लगानी कोष,स्वास्थ्य सुरक्षा कार्यक्रम,सस्थाको दिगो रुपमा रहेको आफ्नै कार्यालय तथा तालिम हलसहितको सुविधा सम्मन्न भवन तथा संस्थागत सम्पत्ति बड्दै जानु स्थापना कालपछीको मुख्य उपलव्धी भएको प्रस्तुती गर्नु भएको थियो । 
संस्था सम्रक्षक तथा संस्थापक आमा चित्रकुमारी भण्डारीले छोटो समयमा संस्थामा भएको यी सफलताहले पनि संस्थाको स्थापना पछी भएका कार्य प्रगतिले खुशी व्यक्त्त गर्दै आगमी दिनमा पनि यसैगरी सफलता प्राप्त गर्दै जाओस भन्दै शुभकामना दिदै संस्थाले निभाएको सामाजिक दायित्व प्रति संस्थाको सिंगो सदस्य परिवारलाई हार्दिक हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाकी सचिव मेनुका सापकोटाले अतिथी लगायत संस्थाका साधारण सदस्यहरु,विभिन्न क्षेत्रका प्रतिनिधीहरु,पत्रकार समिति तथा संस्थापक सदस्यहरुलाई मन्तव्य मार्फत स्वागत गरिएको थियो ।
कार्यक्रम संस्थाका सदस्य सुशीला थापाले संन्चालन गर्नु भएको हो ।








प्रतिक्रिया दिनुहोस