आज: २०८३ अषाढ १५, सोमबार | Mon, 29, Jun, 2026

उद्योग मन्त्रालयले रियल टाइममा कम्पनी दर्ता तथा अपडेटमा ड्यासबोर्ड संन्चालनमा

२०८३ अषाढ १५, सोमबार मा प्रकाशित ( ६ मिनेट अघि) ० पाठक संख्या
नारी बाटिका


बिवियु,नारी वाटिका डट्कम
धादिङ- १५ असार ।

उद्योग तथा आपूर्ति मन्त्रालयले रियल टाइममा कम्पनी दर्ता तथा अपडेट गर्नको लागी ड्यासबोर्ड सञ्चालन ल्याएको छ । मन्त्रालयका अनुसार सर्वसाधारणको कामलाई सहज बनाउनका लागी समयानुकुल ड्यासबोर्ड सञ्चालनमा ल्याइएको बताएको छ ।

उक्त ड्यासबोर्डबाट अब दैनिक रूपमा हुने कम्पनी दर्ता, उद्योग दर्ता तथा फर्म दर्ता सम्बन्धी विवरण रियल टाइममै अद्यावधिक हुने मन्त्रालयको भनाई छ। हालसम्म नेपालमा कति उद्योग तथा कम्पनीहरू दर्ता भएका छन् ? दर्ता भएका मध्य हालसम्म टिकेर चलीरहेका कति संख्यामा छन् ? भन्नेकम जानकारी लिन सर्वसाधारणले यसअघि अवस्था असहज भएकाले अब उप्रान्त सहज हुने जनाएको छ ।

उक्त ड्यासबोर्ड सञ्चालनपछि सहज रुपमा सेवाग्राहीले जानकारी प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ । यसका साथै यस प्रयासबाट आगामी आर्थिक वर्षमा प्रदेशस्तरमा हुने दर्तासम्बन्धी विवरणसमेत समावेश गर्ने मन्त्रालयको योजना रहेको बताएको छ।

ड्यासबोर्डमा हाल उद्योग विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयका सूचना प्रविधि प्रणालीहरू हेर्न सकिने छ भने उक्त ड्यासबोर्ड मन्त्रालयमा रहेको छ।

मन्त्रालयका अनुसार अन्य सूचना प्रविधि प्रणाली नभएका निकायहरूको विवरण पनि डाइनामिक फर्मको माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको जनाएको छ। उक्त प्रणालीलाई एपीआई ( API) मार्फत एकीकृत गरी रियल टाइम डाटा उपलब्ध गराउने व्यवस्था गरिएको जनाएको छ।

तर हालसम्म सरकारलाई नियम अनुसार कर र शुल्क तिरेर सर्वसाधारण नागरिकले साना तथा मझ्यौला उद्योग,कम्पनी तथा संञ्चार गृह्रहरु सन्चान गर्न कम्पनी दर्ता,नविकरण र अध्यावधी गर्न निकै खर्चालु र हेरानी पाएको अवस्था छ । हेरौं सरकारको यस प्रयासबाट कत्तिको सेवाग्राहीले सहज रुपमा सेवा लिन सक्नेछन् भन्नेमा विस्वस्त हुन आगमी कार्य व्यवस्थाले बताउने अपेक्षा गरिएको छ ,

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस