आज: २०८३ अषाढ १९, शुक्रबार | Fri, 03, Jul, 2026

बैतडीमा बस दुर्घटनामा परी १७ जना घाइते

२०८३ अषाढ १९, शुक्रबार मा प्रकाशित ( ३६ मिनेट अघि) ४६६ पटक पढिएको
नारी बाटिका


बैतडी -१९ असार ।
बैतडीमा बस दुर्घटनामा परी १७ जना घाइते भएका छन्।

धनगढीबाट बैतडी तर्फ जाँदै गरेको सु.प. प्र. ०१००१ ख ३९६३ नम्बरको यात्रु वाहक बस बैतडी पाटन नगरपालिका–८ गैराखानमा आज अपराह्न दुर्घटना भएको हो।

उक्त बस सडकबाट कुिरव ६० मिटर तल खसेको छ भने बसमा सवार १७ जना यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

घटनास्थलमा घाइतेहरूको उद्धारका लागी स्थानीयवासी र प्रहरीको टोली पुगेर सहयोग गरिरहेका छन् ।अहिले घाईतेहरुलाई उपचारका लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस