आज: २०८३ अषाढ २०, शनिबार | Sat, 04, Jul, 2026

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस

२०८३ अषाढ २०, शनिबार मा प्रकाशित ( २ घण्टा अघि) २४९ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२० असार ।

संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुक्रबार बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्तमा डा राजीव सुब्बा (काठमाडौँ) र गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा)लाई सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्य एवं प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारी कर्णले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस