
बिबियु,नारी वाटिका डट्कम
धादिङ -२० असार ।
नीलकण्ठ नगरपालिका ३ स्थित बिचबजारमा संन्चालित एक होटलमा मःम खाजा खाएका १२ जना व्यक्तिहरु विरामी भएका छन् ।
धादिङवेशीको बिचबजारमा संन्चालित “नुवाकोट फाष्ट फुड एण्ड क्याफेमा मःम खाएर निस्किएका १२ जना मानिसहरु बिरामी परेपछि उनीहरुलाई धादिङ अस्पतालमा उपचारका लागि पुर्याइएको थियो ।
सोही होटलको मःम खाएर बिरामी परी अस्पताल लगिएकाहरुमध्ये २ जनालाई सोही दिन डिस्चार्ज गरिएको र ६ जनालाई भर्ना गरी केही दिन थप उपचार भरहेको धादिङ धादिङ अस्पतालले जनाएको छ ।
“नुवाकोट फाष्ट फुड एण्ड क्याफे च्वास्स झोल मःम” होटलमा मःम खाएर मानिस बिरामी परेको भन्ने जानकारी पाएपछि जिल्ला अनुगमन समितिका टोलिले उक्त होटलमा अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममाा होटलको सरसफाइ, खानाको सुद्धता कायम गर्न ७ दिनको म्याद दिइएको र सबै विरामी भएकाहरुको उपचार खर्च व्यहोर्न निर्देशन दिइएको जिल्ला अनुगमन समितिको स्रोतले जानकारी दिएको छ ।












प्रतिक्रिया दिनुहोस