आज: २०८३ अषाढ २२, सोमबार | Mon, 06, Jul, 2026

बीपी राजमार्गमा बाढीले डाइभर्सन बगाउँदा  यातायात ठप्प

२०८३ अषाढ २२, सोमबार मा प्रकाशित ( ४८ मिनेट अघि) ६२१ पटक पढिएको
नारी बाटिका


काभ्रेपलाञ्चोक २२ असार ।

केही दिनदेखी भएको अविरल वर्षापछि रोशी र दाप्चाखोलामा आएको भिषण बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अन्तरगतमा पर्ने काभ्रेपलाञ्चोक सडक खण्डमा यातायात सञ्चालनमा ठप्पै भएको छ।

आइतबार दिउँसो करिब ३ बजेबाट चौकीडाँडा र घुमाउने क्षेत्रमा आएको बाढीले डाइभर्सनमा क्षति पुगेपछि उक्त राजमार्ग हुँदै चल्ने साना ठुला सबै सवारी साधनलाई रोकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रविन कार्कीका अनुसार व्यपतले प्रभावित उक्त राजमार्गको सडक खण्ड सुरक्षित बनाउनको लागी मर्मत नभएसम्म यातायात सञ्चालनमा रोक लगाइने बताउनु भयो। जसका कारण सो क्षेत्र हुंदै चल्ने सवारी तथा यात्रुलाई समस्या पर्ने देखिएको छ । ।

साथै उक्त सडकको अवस्था सुधार भएपछि मात्रै यातायात सञ्चालनबारे निर्णय गरिने प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस