आज: २०८३ अषाढ २३, मंगलबार | Tue, 07, Jul, 2026

राजमार्गमा संन्चालित तिन होटलका खानेकुरामा किरा भेटिएपछी १० देखी पचास हजारसम्म जरिवाना

२०८३ अषाढ २३, मंगलबार मा प्रकाशित ( २ घण्टा अघि) ६२१ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ – २३ असार ।

जिल्ला प्रशासन कार्यालय धादिङको नेतृत्वमा गरिएको बजार अनुगमन टोलिले बजार अनुगमन गर्दै राजमार्गका तिन होटललाई जरिवानासहित कारवाही गरेको छ ।

अनुगमन गर्ने क्रममा शोमबार धादिङको राजमार्ग पुगेका टोलिले जिल्ला होटल व्यवसायि संघका केन्द्रीय सचिव र जिल्ला अध्यक्ष आफैले सञ्चालन गरेको होटलमा अनुगमन गर्दा विक्रीको लागी तयार गरिएका खानेकुरामा किरा भेटिएपछि जरिवाना गरिएको हो ।

पृथ्वी राजमार्ग क्षेत्रका होटल तथा खाजा घरहरूको अनुगमन गर्दा सो क्षेत्रमा संन्चालित होटलहरुको अवस्था हेर्दा अत्यन्तै फोहार मैला देखिएको तथा फ्रिजमा राखिएका खानेकुरामा किरा परेको, बासी तथा फोहोर खाना बिक्री भइरहेको जस्ता गम्भीर अवस्था भेटिएपछि तीन होटललाई जरिवाना तथा कारबाही गरिएको हो ।

बजारमा पटक पटक अनुगमन गरी व्यवशायीहरुले आवश्यक सुझाव दिईँदै आएको भएपनि बेला बेलामा दुषित खाना तथा खाजाहरु ग्राहकहरुलाई बिक्रि भैरहेको भन्न्ो नागरिकबाट गुनासो आउने गरेपछी धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेय आफै जिल्ला अनुगमन खटिएको हो ।

यसअघि पनि धेरै पटक सुझाव दिएपनि समितिले पृथ्वी राजमार्ग आसपासका होटल तथा खाजा घरहरूमा नियम विपरित ग्राहकहरुसंग मुल्य असुल्ने,बासी सडे गलेका खानेकुरा त्रिक्र्री गरी उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खालका गतिविधी हुने गरेकोले व्यवशाहीहरुलाई कारवाही तथा जरिवाना गर्दै आएको छ ।

साथै पछिल्लो समय गरिएको अनुगमनका क्रममा जिल्ला होटल संघका अध्यक्ष रामशरण सिलवाल सञ्चालक रहेको बेनिघाट रोराङ गाउँपालिका–३ सितलबजारस्थित होटल तीनभाइलाई १० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

उक्त होटलमा बिक्रीका लागि राखिएका खानेकुरामा किरा परेको तथा सरसफाइको अवस्था कमजोर भेटिएको अनुगमन टोलीका संयोजक एवं् जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ओम भट्राईले जानकारी दिनु भयो ।

त्यस्तै होटल व्यवसायी संघका केन्द्रीय सचिव सन्तोष कुमार थापाले सञ्चालन गरेका बेनिघाट रोराङ–३ सलाङघाटस्थित सफल होटल लाई २५ हजार रुपैयाँ जरिवाना गरिएको बताइएको छ । उक्त होटलको फ्रिजभित्र राखिएको खानेकुरामा समेत किरा परेको भेटिएपछि कारबाही गरिएको अनुगमन टोलिले जनाइएको छ।

यस्तै बेनिघाट रोराङ–३ सितलबजारस्थित ब्लु ह्यावन होटललाई सबै भन्दा बढी ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। उक्त होटलमा बिक्रीका लागि राखिएको खानेकुरामा किरा परेको, फ्रिजभित्र राखिएका सामग्रीमा समेत किरा देखिएको तथा उक्त होटलमा धेरै फोहोर अवस्थामा खाद्य सामग्री बिक्री गरिएको पाइएको अनुगमन टोलीले जनाएको छ।

विशेषगरी धादिङ जिल्ला अन्तर्रगतका राजमार्ग क्षेत्रमा यात्रु तथा सवारी साधनको धेरै चाप रहने भएकाले यसको मौका छोपेर व्यवशायिहरुले गुणस्तरहीन तथा अस्वस्थकर अखाद्य सामग्रीहरु बिक्री बितरण हुने गरेको,नियम विपरित शुल्क लिने गरिएको भन्ने जस्ता थुप्रै गुनासोहरु आउने गरेको छ ।

अनुगमन समितिका टोलिले गरिएको अनुगमनका क्रममा भेटिका यस्ता गतिविधिले सार्वजनिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै अनुगमनको कार्यलाई आगामी दिनमा अझ कडाइका साथ निरन्तरता दिइने जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस